काठमाडौं । पछिल्लो समय निकै आक्रामक रुपमा प्रस्तुत भएका ऊर्जा तथा सिँचाइमन्त्रीले समयमै काम नगर्ने ठेक्का धमाधम तोड्न थालेका छन् ।
यसैबीच तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधाम अन्तर्गत ठेक्का लिएर वर्षौंदेखि काम नगरी आयोजना अलपत्र पारिएका १२ ठेक्का तोडिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधामले जनाएको छ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका अनुसार शिव महिमा कन्स्ट्रक्सन, हलखोरी-७, महोत्तरी, सिद्धी साई प्रकाश कन्स्ट्रक्सन प्रालि, समाखुसी काठमाडौँ, हिमांशुरलोकस देव जेभी, सुविधानगर, काठमाडौँ, साईबाबा निर्माण सेवा, जनकपुर-७, धनुषा, शिवम कन्स्ट्रक्सन, जनकपुर-४, धनुषा, ब्रदर्स कन्स्ट्रक्सन, जलेश्वर, महोत्तरी र सुरेखा निर्माण सेवा, धबौली-४, धनुषासँगका गरी १२ ठेक्का तोडिएको हो।


