काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आज दिउँसो १ बजे सचिवालय बैठक बोलाएको छ ।
बैठकमा बैठकमा विपद्पछिको अवस्था, महाधिवेशनको मिति र प्रतिनिधि छनोटलगायत विषयमा छलफल हुने जनाइएको छ।
हालै बसेको माओवादीको बैठकले केन्द्रीय कमिटी भंग गरी विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो। मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको भएपनि मिति भने तोकेको छैन।


