काठमाडौं । आज पनि सेयरमा पहिरो जाने क्रम रोकिएन । साताको अन्तिम सेयर कारोबार दिन आज नेप्से परिसूचक १८.४० अंकले घटेको छ।
आज ३११ स्क्रिप्सको ७६ लाख ४३ हजार ६३५ कित्ता सेयर ३ अर्ब २७ करोड ५४ लाख ८६४ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन बुधबार ३ अर्ब १० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। कारोबारमा आएकामध्ये ४५ स्टक्सको मूल्य बढ्दा १९७ वटाको घट्यो। ९ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।
हिमालयन पावरको सेयर ९.९३ प्रतिशतले बढ्दा कालिका लघुवित्त वित्तीय संस्थाको ५.६९,इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ३.८९, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३.७९ र एमबीएल इक्विटी फण्डको २.७२ प्रतिशतले बढ्यो।


