कार्तिक ८, काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले संसद् भवन निर्माणको काम समयमै नसके जरिवाना भराउने चेतावनी दिएका छन् । उनले आज सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको निरीक्षणका क्रममा यस्तो चेतावनी दिएका हुन् ।
आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुने तय छ। फागुन २१ को निर्वाचनबाट चुनिने सांसदले नयाँ संसद् भवनबाट कार्य सञ्चालन गर्न सक्ने गरी व्यवस्था मिलाउन निर्माण कार्य तीव्र बनाउन निर्देशन दिइएको छ।
अवलोकनपश्चात् सञ्चारकर्मीसँग मन्त्री घिसिङले पुरानो संसद् भवन ‘जेनजी’ आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएकाले राष्ट्रियसभा र प्रतिनिधिसभा पनि फागुन २१ पछि सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए। नयाँ संसद् भवन छिटो बनाउन नसकिए धेरै असर पर्ने स्थिति रहेको उनले उल्लेख गरे।


