काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, दल र जेनजीका विभिन्न समूहका प्रतिनिधिहरुसहितको त्रिपक्षीय बैठक आज बस्दैछ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्नेगरी बोलाइएको छ ।
‘आन्दोलनकारी समूह र सत्ताबाट विस्थापित भएका दलहरूबीच प्रत्यक्ष संवाद भएको थिएन,’ रावलले भने, ‘घोषित निर्वाचनमा जानको लागि आग्रह गर्ने उद्देश्यले प्रधानमन्त्रीले सहजीकरण गरेर दुई शक्तिलाई एक ठाउँमा राखेर छलफल गर्न लाग्नु भएको हो।य


