काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक स्थगन गरिएको छ। अध्यक्ष केपी शर्मा ओली बिरामी भएपछि बैठक स्थगित गरिएको हो ।
बैठक आइतबार ११ बजे बस्नेगरी सरेको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए । अध्यक्ष ओलीलाई रुघा खोकीले सताएको समेत अधिकारीले बताए ।
यसअघि हिजो बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा छलफल भएको थियो । हिजोको बैठकले पार्टीको महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ खोज्नुपर्ने र महाधिवेशनको माध्यमबाट नयाँ ढङ्गले अगाडि जाने निष्कर्ष निकालेको थियो ।


