काठमाडौं । जेनजी आन्दोलनका कारण प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरको गुण्डुमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्नेछन्।
अध्यक्ष ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य परिस्थिति र नेता कार्यकर्ताहरुले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा स्पष्ट पारेका हुन्। कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेललगायत पार्टीका विभिन्न तहका नेताहरु पनि सहभागी हुने भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले जानकारी दिए। भक्तपुर जिल्ला कमिटीले बिहान ११ बजे भेटघाट कार्यक्रमको आयोजना गरेको छ।


