काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीको आफ्नो पार्टीले संसद् विघटनलाई कदापि स्वीकार नगर्ने उद्घोष गरेका छन् ।
उनले विहीबार एमाले भक्तपुर जिल्ला कमिटीको आयोजनामा ‘भेटघाट कार्यक्रम’ मा यस्तो धावा बोलेका हुन् ।
पछिल्लो समयमा ओलीको स्वरमा पूर्ण एकता प्रदर्शन नगरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहित ६ जना उपाध्यक्ष, अन्य पदाधिकारीको भने उपस्थिति थिएन ।
“राप्रपाले उधुम मच्चाउन खोज्यो, केही गर्न सकेन । अहिले आफू पछि बसेर, पेट्रोल जेनजीले फ्याँकेको हो ? आगो जेनजीले लगाएको हो ? आगो कसले लगाएको देखिएको छ ?,” उनले भने ।
उनले राष्ट्रको संरचना ध्वस्त गर्ने कार्य क्षम्य हुन नसक्ने बताए ।


