काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभाको निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने बताएका छन्। उनले बुधबार वीपी चिन्तन प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले चैत्र–बैशाखसम्म महाधिवशेन गर्ने गरी अहिले नै केन्द्रीय समितिबाट कार्यतालिका बनाएर निर्वाचनमा होमिनुपर्ने सुझाव दिए।
महतले पार्टी नेतृत्वमा पनि पार्टीभित्र बहस गर्ने व्यक्ति आउनुपर्ने जिकिर गरे। पार्टीभित्र केहि नभन्ने र बाहिर बेग्लै कुरा गर्ने दोहोरो मापदण्डले पार्टीलाई कमजोर बनाएको उनको भनाइ छ ।


