काठमाडौं। हामी नेपालका संयोजक सुदन गुरुङले कांग्रेस–एमालेलाई जेन–जीहरूलाई विभाजित गर्ने प्रयास नगर्न चेतावनी दिएका छन्।
उनले आज माइतीघरमण्डलमा जेन–जी आन्दोलनका शहीदको सम्झनामा आयोजित कार्यक्रममा यस्तो चेतावनी दिएका हुन् ।
‘जेन–जीहरूलाई कमजोर बनाउने उनीहरूको रणनीति थियो। उनीहरूलाई लागेको होला हामीले उनीहरूको रणनीति बुझेका छैनौं,’ गुरुङले भने, ‘जेन–जीहरूलाई विभाजित गर्न खोज्ने नेताहरूले यस्तो भ्रम नराखे हुन्छ।’


