काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदनलाई कार्यान्वयन चाँडै कार्यान्वयन गरिने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
मन्त्रालयको कानुनले अध्ययन गरेर रिपोर्ट बुझाएपछि त्रिविको जग्गा र अचल सम्पत्ति अतिक्रमण गर्नेलाई कारबाही गर्ने तयारी सरकारको छ । ‘अहिले कार्यान्वयन गर्न सक्ने के–के हुन् रु तत्काल अगाडि बढाउने कुरा के–के छ रु अध्ययन गरेर छिट्टै ल्याउन भनेको छु,’ मन्त्री पुनले भने, ‘त्यसपछि के एक्सन लिने भन्नेमा जान्छ ।’


