काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पछिल्लो राजनीतिक घटनाक्रमबारे सम्बन्धित मुलुकमा जानकारी गराउन विदेशस्थित सबै नियोग प्रमुखहरूलाई निर्देशन दिएकी छिन् ।
बुधबार परराष्ट्र मन्त्रालयबाट बिभिन्न देशमा रहेका नेपाली राजदूत तथा नियोग प्रमुखहरूसँग भर्चुअल छलफल गर्दै प्रधानमन्त्री कार्कीले नेपालमा भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुक र सरोकारवालाहरूलाई जानकारी गराउन निर्देशन दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए ।
जेनजी आन्दोलनका कारण सुस्ताएको पर्यटन लगाएतका क्षेत्रको अवस्था पुरानै अवस्थामा आएकाले यसको प्रचारप्रसार गर्न पनि आग्रह गर्नुभएको प्रवक्ता क्षेत्रीले बताए ।


