कार्तिक ८, काठमाडौं । नेपाली कांग्रेसले मतदाता दर्ता अभियान व्यापक बनाउन निर्देशन र परिचालन गर्न देशभरका पार्टी निकायलाई परिपत्र गरेको छ।
कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले आज देशभरका पार्टी निकायलाई परिपत्र गर्दै नवीन राजनैतिक सन्दर्भमा पार्टी केन्द्रीय समितिको जारी बैठकले उपयुक्त निर्णय गर्ने भन्दै व्यापक सक्रियता बढाउन जरुरी रहेको बताएका हुन्।
परिपत्रमा भनिएको छ, ʻछठ पर्व लगत्तै प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य साथीहरूलाई फरकफरक जिल्लामा सम्पूर्ण ध्यान मतदाता दर्ता अभियानमा केन्द्रित गर्न र गराउन प्रतिनिधिका रूपमा जिम्मेवारी तोक्ने।ʼ


