काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङसँग नेपालका लागि संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम ९यूएनडीपी०का आवासीय प्रतिनिधि क्योको योकोसुका नेतृत्वको टोलीले शिष्टाचार भेटवार्ता गरेको छ ।
बुधबार सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा भएको भेटका क्रममा यूएनडीपीले निर्वाचनका लागि उपलब्ध गराउन सक्ने सहयोग, हाल ऊर्जा, जलवायु परिवर्तनलगायतका क्षेत्रमा उपलब्ध गराइरहेको सहायता एवम् सञ्चालित योजना कार्यान्वयन अवस्थामा बारेमा छलफल भएको थियो ।
रोजगारीका शिलसिलामा विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिने सरकारले तयारी गरिरहेको जानकारी गराउँदै मन्त्री घिसिङले अन्य देशमा प्रयोगमा ल्याइएको अनलाइन मतदान प्रविधि नेपालमा पनि अपनाउन आवश्यक सहयोग उपलब्ध गराउन अनुरोध गरे।


