काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब आफ्नो पार्टीले टोलटोलसम्म सुरक्षा दस्ता बनाउने उद्घोष गरेका छन् ।
ओलीले सोमबार काठमाडौंमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’ शुभारम्भ कार्यक्रममा आन्दोलनका नाममा ‘मर्ने, मराउने र देशलाई अँध्यारो बाटोमा लैजान’ खोजिएको आरोप लगाए ।
ओलीले भने, ‘जेनजी आन्दोलनको नाममा सार्वभौमसत्ता सम्पन्न संसद् विघटन भएको छ, लोकतन्त्र विरोधी कामहरू भएका छन् र जनमतप्रतिको अनादर भएको छ।’ कार्यक्रमबाट पार्टीमा फर्किएका रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायत नेतालाई स्वागत गर्दै ओलीले भौतिक र मनोवैज्ञानिक रूपमा पार्टीलाई पुनः ऊर्जा प्राप्त भएको बताए।


