काठमाडौं । आन्दोदनको तयारीमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।
स्रोतका अनुसार प्रसाईलाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली ल्याइएको छ। उनीमाथि शान्ति सुरक्षामा खलल पुर्याएको आरोप छ। सोमबार मध्यराति प्रहरीको टोली उनको घरमा पुगेको थियो।


