काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले विशेष महाधिवेशनमा गए पार्टी फुट्नसक्ने चेताविी लिएका छन् द
उनले भने, ‘विशेष महाधिवेशन गर्न विधानअनुसार हस्ताक्षर दर्ता भइसकेको छ। हामीले नियमित कि विशेष, चुनावअघि गर्ने कि पछि भनेर छलफल महिना दिनसम्म गरिसक्यौँ। तर विशेष महाधिवेशनसम्म जानै हुन्न।’
उनले विशेष महाधिवेशन माग गर्ने हरूको भावना समेटेर क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम सके पुसभित्रै नियमित महाधिवेशन गर्न सकिने बताए। उनले विशेष महाधिवेशन गर्नु भनेको कांग्रेस जंगलभित्र पस्नुजस्तै भएकाले बाहिर निस्कन मुस्किल पर्ने बताए।


