काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् विघटन गैरसंवैधानिक भएकाले तत्काल पुनर्स्थापना हुनुपर्ने बताएका छन्।
उनले शुक्रबार झापाको बिर्तामोडस्थित आफ्नो निजी निवासमा सञ्चारकर्मीहरूसँग कुराकानीमा यस्तो धारणा राखेका हुन् ।
उनले मुलुकको वर्तमान राजनीतिक अस्थिरताको समाधान संसद् पुनर्स्थापना नै एक मात्र वैधानिक विकल्प भएको तर्क गरे।


