काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूले गठन गरेको नयाँ पार्टी निकट भविष्यमा देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्ने दाबी गरेका छन्। प्रचण्डले बुधबार पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
‘राष्ट्र, लोकतन्त्र, गणतन्त्र र राष्ट्रियताको पक्षमा एमाले लगायत सबैसँग हातेमाले गर्न गर्न चाहन्छौँ । हामीले वामपन्थीसँग मात्र एकता र सहकार्य गर्छु भन्यो भने वस्तुगत हुँदैन’, उनले भने, ‘वामपन्थी बाहिरका लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्नुपर्छ । राष्ट्र सङ्कटमा छन् । गणतन्त्र ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रमुख नेताहरू यहीँ छन् । सबैलाई मिलाएर लैजाने गरी भूमिका खेल्न म आग्रह गर्न चाहन्छु ।’


