काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता डा.भीम रावलले जेन–जी आन्दोलनको क्रममा भएको दमनको जिम्मा केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले सरकारको जिम्मेवार पदमा बसेको व्यक्ति घटनाबारेमा जिम्मेवार हुनुपर्ने बताए । उनले संसदीय प्रणालीमा कुनै घटना घटेको खण्डमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयको मन्त्रीले जिम्मेवारी लिनुपर्ने भनाइ राखे ।
त्यस्तै, भदौ २४ गतेको विध्वंस कसले गरायो भन्ने कुराको पनि गहिरोगरी अध्ययन र विश्लेष हुन जरुरी रहेको नको भनाइ छ । ‘बाह्य शक्तिको समेत घुसपैठका कारण जेनजी आन्दोलनका क्रममा ठूलो क्षति भएको छ,’ उनले आशंका गरे ।


