काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।
बिहीबार कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले उम्मेदवार नबन्ने बताएका हुन्। ‘लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नबनेर अरु साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको जानकारी गराउँदछु,’ कांग्रेस बैठकमा बोल्दै शर्माले भने, ‘गत चुनावमा म आफ्नो क्षेत्रमा सिमित थिएँ, यो पटक देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरुको साथमा पुग्नेछु।’
उम्मेदवार नबन्ने विषयमा आफ्नो क्षेत्रका नेता तथा कार्यकर्तालाई जानकारी गराइसकेको शर्माको भनाइ थियो।


