काठमाडौं । आज दिउँसो १ बजे नेकपा एमालेको सचिवालय बैठक बस्दै छ।
पार्टीको ११औं राष्ट्रिय महाधिवेशन अघि सचिवालय बस्न लागेको हो। बैठकमा पदाधिकारी संख्या १५ बाट बढाउने र २५१ सदस्यीय केन्द्रीय कमिटी संख्या बढाउने लगायतका विषयमा छलफल हुने पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिए।। मनोनीत प्रतिनिधि टुंग्याउने तथा केन्द्रीय कमिटी बैठकमा लैजाने एजेन्डामा पनि छलफल हुने छ।
एमालेका संगठन विभाग एवम् प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुंगेलले एमालेको ११ औं महाधिवेशनमा सहभागी हुन पाउने प्रतिनिधि संख्या २ हजार २६२ हुने जानकारी दिए। उनका अनुसार एमाले केन्द्रीय सचिवालयको जारी गरेको अपानि १३ को आधारमा तय गरिएको संख्या र मापदण्ड बमोजिम मनोनयन बाहेक २१५४ जना महाधिवेशन प्रतिनिधि चयन गरिएको बताए।
वैधानिक व्यवस्था बमोजिम ५ प्रतिशत मनोनयन गर्न पाउने संख्या १०८ कायम गरिएको छ।


