काठमाडौं । ऊर्जा जलस्रोत एवं सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै निर्वाचन हुने जिकिर गरेका छन् ।
मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं कार्यालय उद्घाटन कार्यक्रममा उनले निर्वाचनका लागि आवश्यक तयारी भइरहको पनि बताए । एक महिना अघि मात्र सुरु गरिएको उज्यालो नेपाल अभियान हाल पार्टीमा रूपान्तरण भई सबैतिर पुगेको उनको भनाइ थियो ।
‘सत्तरी असी वर्ष पुराना पार्टीहरूलाई परास्त गरी बहुमत ल्याएर सरकार बनाउने ठुलो साहस यस पार्टीले गरेको छ’, उनले भने ।


