काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सेयर बजारमा गिरावट आएको छ । आज सेयर बजार सूचक नेप्से १०.५३ अंकले घटेको हो ।
सोमबार ३ सय ३७ धितोपत्रको ६९ हजार ५ सय ४८ कारोबारबाट १ करोड ३७ हजार ३ सय ७ कित्ता सेयर किनबेचबाट ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
सोमबार एसवाई प्यानल नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । यस धितोपत्रको मूल्य प्रतिकित्ता ८ सय ८० रुपैयाँ पुगेको छ ।
यसबाहेक ग्लोबल आइएमई समुन्नत योजना(२, कर्पोरेट विकास बैंक लिमिटेड, सप्तकोशी विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंकसहित धितोपत्रको मूल्य समेत धेरैले बढेको छ ।


