काठमाडौं । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले आफ्ना माग पूरा नगरे आगामी निर्वाचन नहुने जिकिर गरेका छन्।
सोमबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रसाईंले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी दिए। प्रधानमन्त्री कार्कीलाई आफ्ना माग सुनाएको बताउँदै प्रसाईंले भने, ‘सबै विषयमा जनमत संग्रहमा जाऔँ भनेको छु। उहाँले सही डिसिजन दिनुभएन भने चुनाव हुँदैन।’
सरकारले तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ मा नहुने उनको भनाइ थियो। ‘चंगाको धागो चहाँ चुँडिएको हो त्यहीँ गाँस्नुपर्छ। चुनाव हुँदैन, आशै नगर्नु,’ उनले भने।
प्रधानमन्त्रीसँग आफ्ना मागहरू स्पष्ट रुपमा राखेको बताउँदै उनले आफ्ना माग नागरिकको जनजीविकासँग सम्बन्धित रहेको जिकिर गरे।


