काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्णबहादुर खड्काको कार्यवाहक सभापति जिम्मेवारीलाई ‘नाम मात्र’ को भनेर टिप्पणी गरेका छन्
उनले सभापति शेरबहादुर देउवाले शक्ति सबै आफूमा राखेर पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको बताए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग महामन्त्री थापाले अहिले पनि सबै शक्ति सभापति देउवाले रहेको बताए ।
‘सभापतिले कार्यवाहक दिनुभएको छ । नाम मात्रको कार्यवाहक दिनुभयो । आजको बैठकमा आउनुभएको छैन तर, सबै शक्ति उतै छ,’ सञ्चारकर्मीहरूसँग थापाले भने ।

