मन्त्री सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन
काठमाडौं । राजनीतिक दल सरोकारवालासँग वार्ता तथा छलफल गर्न सरकारले उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानुनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संबाद समिति गठन गर्ने निर्णय गरेको हो। समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन्।
राजनीतिक दल र सरोकारवालासँग संवाद गर्नका लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरिएको सरकारका प्रवक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले बताए।


