काठमाडौं । नेपाली बजारमा केही दिनदेखि लगातार उकालो लागेको सुनको मूल्य आज पनि बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा ३१५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ६५५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।


