काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल सकेर दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा बाहिरिएका छन् ।
उनीहरु निर्णायक छलफलका लागि देउवा निवासमा पुगेका थिए आइतबारदेखि सुरु महाधिवेशनपछि उत्पन्न विवाद अन्त्यको खोजीका लागि सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गरेका हुन् । छलफलमा महामन्त्रीद्वयले सभापति देउवालाई निष्क्रिय हुन आग्रह गरेका थिए ।
छलफलबाट कुनै ठोस निष्कर्ष ननिस्किएको बताइएको छ ।


