काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ लाई ‘महाभिडन्त’ भन्नुको कुनै अर्थ नभएको बताएका छन् ।
सोमबार दमक आइपुगेका अध्यक्ष ओलीले प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने, “निर्वाचन हो, कोही आउँछन्, रहर गर्छन्, कोही चर्चाका लागि पनि उमेदवार बन्छन् । यसलाई सामान्य रूपमा लिनुपर्छ ।”
अध्यक्ष ओलीले सरकारले अझैसम्म चुनावी वातावरण बनाउन नसकेको आरोप लगाए ।


