काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेतृत्वले विधान लत्त्याएपछि बाध्य भएर विशेष महाधिवेशन गर्नुपरेको जिकिर गरेका छन् । उनले सोमबार भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रमा प्रस्ताव राख्दै यस्तो बताएका हुन् ।
थापाले पेस गरेको प्रस्तावमा नेपालको संविधानको धारा २६९ र २७२ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को व्यवस्थालाई टेकेर महाधिवेशनको वैधानिकता पुष्टि गरिएको छ ।
पार्टीलाई सुदृढ बनाउन र नेतृत्व पुनर्गठनका लागि भन्दै ४० प्रतिशत मात्र नभई ५४ दशमलव ५८ प्रतिशत ९२ हजार ४ सय ८८ जना० महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएको थापाले प्रस्तावमा उल्लेख गरेका छन् ।


