काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदान सुरु भएको छ। निर्वाचन आयोगले बिहान ९ बजेदेखि सुरु भएको जनाएको छ ।
आयोगका अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सात वटै प्रदेशमा मतदान केन्द्र रहेका छन्। राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ। जसमध्ये कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापालाई राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ। नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न समयमै नआएपछि थापा निर्विरोध भएका थिए। यता एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन्। बाँकी १७ सदस्यका लागि आज निर्वाचन भएको हो।
निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुखरअध्यक्ष र उपप्रमुखरउपाध्यक्ष मतदाता हुन्छन्।


