काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले रास्वपाका उम्मेदवार बालेनभन्दा दुईतिहाइ मत ल्याएर विजयी बन्ने दाबी गरेका छन् ।
उनले बुधबार झापाको कमल गाउँपालिकाका कार्यकर्ताहरूसँगको भेटमा क्रममा यस्तो दावी गरेका हुन् ।
उनले यहाँको विकास, रुपान्तरण, जनआधारका कारण सिंगो क्षेत्र नै एमालेको पक्षमा एक ढिक्का रहेको बताए ।
गत भदौमा भएको आन्दोलनमा राजनीतिक कांग्रेस थिग्रिन नसकेको र पूर्वमाओवादीका धेरै मतदाताहरू पनि एमालेमै भोट हाल्ने मनस्थितिमा रहेको उल्लेख गर्दै ७० प्रतिशत मत एमालेमा आउने बताए ।


