काठमाडौं । महाधिवेशन लगायतका विषयमा छलफल गर्न आज नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यस दिन दिउँसो १ बजेका निम्ति उपस्थित हुन पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यलाई सूचना दिएका छन् ।
बैठकमा वर्तमान समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक विषय, विशेष महाधिवेशनको बढ्दो दबाबलगायत विषयमा छलफल गरिनेछ ।


