काठमाडौं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनको विषयलाई लिएर पार्टी विभाजन नहुने स्पष्ट पारेका छन्।
शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले महाधिवेशनका विषयमा देखिएको अल्झनलाई छलफलबाटै समाधान गर्ने भन्दै पार्टी विभाजन हुने कुरा कल्पना बाहिरको कुरा भएको बताए।
पुस २६ गतेदेखि हुने गरी गत मंसिर १५ गते तय गरिएको १५औँ महाधिवेशन निर्धारित समयमा हुन नसक्ने भएपछि कांग्रेसभित्र विवाद चुलिएको छ । यही सन्दर्भमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गर्दै विशेष महाधिवेशनको घोषणा गरेका थिए ।


