काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज दिउँसो १ बजे राष्ट्रियसभागृहमा बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ ।
यही पुस १३ र १४ गते रास्वपाले काठमाडौंका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकताको सहमति गरेको थियो ।
राष्ट्रिय सभा गृहमा हुने एकता सभामा पार्टी सभापति रवि लामिछानेसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ। यसअघि उनीहरू रञ्जिता श्रेष्ठ नेतृत्वको तत्कालीन नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता थिए। नाउपाका रुपन्देहीका पूर्वजिल्ला अध्यक्षसहित ३३ जना नेता आज रास्वपामा समाहित हुन लागेका हुन्।


