काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा आफ्नो सहभागिता र त्यसपछि राजनीतिमा प्रवेशबारे उठेका आलोचनाबारे स्पष्टीकरण दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत घिसिङले जेनजी आन्दोलनपछि बनेको गैरदलीय सरकारमा आफू बाध्यात्मक परिस्थितिमा सहभागी भएको स्पष्ट पारेका छन्।
उनले आन्दोलनपछिको विषम अवस्थालाई ध्यानमा राख्दै तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र आन्दोलनका अगुवाहरूको आग्रहमा मन्त्री पदको जिम्मेवारी स्वीकार गरेका उल्लेख गरेका छन् । सरकारमा सहभागी हुने बेलामै भविष्यमा राजनीतिमा जाने सम्भावना रहेको र त्यस अवस्थामा पदमा बसिरहन उपयुक्त नहुने कुरा आफूले प्रधानमन्त्रीसमक्ष प्रष्ट पारेको घिसिङको भनाइ छ।


