काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुने बताएका छन् ।
उनले विहीबार दाङ प्रेस चौतारीले घोराहीमा आयोजना गरेको पत्रकार भेटका क्रममा यस्तो बताएका हुन् ।
महासचिव पोखरेलले गत भदौ २३ र २४ गतेका घटनालाई असामान्य भएका बताउँदै भने, ‘प्रहरी र अदालतमा आक्रमण हुनु सामान्य होइन, विखण्डनले राष्ट्र कमजोर बनाउँछ, एकताबाटै समृद्धितर्फ अघि बढ्न सकिन्छ ।’
लोकतन्त्र, शान्तिसुरक्षा र कानुनी राज्यको रक्षाका निम्ति नेकपा एमाले गम्भीर रहेको बताए।


