काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ । आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिनको तुलनामा आज ५५ रुपैयाँले चाँदी बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो । यसअघि पुस १४ गते चाँदीको भाउले ४ हजार ८९५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो ।


