आफू आजसम्म म कुनै पनि पार्टीको सदस्य नरहेको कुलमान घिसिङको प्रष्टीकरणकाठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आफू अहिलेसम्म कुनै पनि पार्टीको सदस्य नभएको प्रष्टीकरण दिएका छन् ।
मंगलबार ललितपुरमा इन्जिनियरहरूसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री घिसिङले आफू कुनै पार्टीको सदस्य नभएको प्रष्ट्याएका छन्।
घिसिङको अगुवाइमा उज्यालो नेपाल पार्टी गठन भएको थियो। पुस २४ गते उज्यालो पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गर्ने निर्णय गरेको थियो।
एकता गर्ने सहमतिमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए। सहमतिमा हस्ताक्षर गर्दा घिसिङ पनि उपस्थित थिए।


