काठमाडौं । कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ।
टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैदको सजाय काटेका र पछि राष्ट्रपतिबाट आममाफी पाएका चौधरीको उम्मेदवारीका विरुद्धमा उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले कानुनी प्रावधानलाई टेक्दै यस्तो फैसला सुनाएको हो।
राजनीतिक दलको सदस्य हुनसमेत अयोग्य भएको भनेर यसअघि निर्वाचन आयोगले गरेको निर्णयलाई पनि आधार बनाएर निर्वाचन अधिकृतको कार्यालयले यो निर्णय गरेको हो । उनले राष्ट्रपतिबाट कैद माफी पाए पनि सजाय तलमाथि नभएकाले उम्मेदवारी खारेज गर्नुपरेको जनाइएको छ।


