काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज झापाको दमक नगरपालिका क्षेत्रमा विभिन्न कार्यक्रमहरूमा सहभागी हुने भएका छन् ।
सोमबार पनि ओलीले दिनभर दमककै विभिन्न कार्यक्रममा बिताएका थिए।
कार्यक्रमअनुसार बिहान साढे ११ बजे देखि १२ बजेसम्म वडा नम्बर ३ को दुम्से चोक टुकुरे पुग्नेछन्। त्यसपछि १२: २० देखि १ बजेसम्म वडा नम्बर ८ को संगम चोक, कृष्ण मन्दिर नजिक धनपति मैनालीको घरमा कार्यक्रम तय गरिएको निर्वाचन परिचालन समिति अन्तरगतको मिडिया परिचालन उप समितिका संयोजक इन्द्र भण्डारीले जानकारी दिए।


