काठमाडौं । करिब ७० तोलाको सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले काठमाडौंको नागार्जुन नगरपालिकास्थित महांकालबाट गोली हानेर एकजना पक्राउ गरेको छ। गएराति साढे ११ बजे नेपालगन्ज घर भएका प्रेम थारुलाई सुनचाँदीका गहना चोरी गरेको आरोपमा सोधपुछको क्रममा भाग्न खोजेपछि गोली हानेर पक्राउ गरिएको हो।
खुट्टामा गोली लागेका थारुको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ ।
मंगलबार मध्यान्ह रिन्जी लामाको घरबाट थारुले ३० तोला सुन, चाँदीका गहना र सि–माला सहित १ करोड ४ लाख ५३ हजार बराबरको सामान चोरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।


