काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले एमालेले मात्रै देश बनाउने सक्ने दावी गरेका छन् । काठमाडौं-५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेता पोखरेलले बुधबार टोखामा आयोजित घरदैलो कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
‘एमाले सधैँ देश बनाउने काम गर्छ । देश विगार्ने काम गर्दैन,’ पोखरेलले भने, ‘एमालेले देश बनाउने काम गर्दा विरोधीहरूले अनेक बहाना गरेर बखेडा झिक्छन् ।’
नेता पोखरेलले जनताका गुनासा, आलोचना र समस्या सुन्ने र समाधानतर्फ लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे ।


