काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले झापा-५ मा आफ्नो पार्टीले सहज रुपमा चुनाव जित्ने दावी गरेका छन् ।
आइतबार चितवनमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले अध्यक्ष केपी शर्मा ओलीले पनि झापा क्षेत्र नम्बर ५ बाट सहज जित निकाल्ने विश्वास व्यक्त गरे ।
‘राज्यका अंगलाई जसरी कमजोर बनाइएको छ, त्यसका लागि एमाले जस्तो दल पहिलो र बलियो नभइ राज्यका अंगको पनि आत्मविश्वास बढ्दैन,’ उपमहासचिव भट्टराईले भने, ‘पहिलो पार्टी बन्ने आत्मविश्वासका साथ नेकपा एमाले चुनावमा जान्छ र हामी पहिलो पार्टी बन्छौं ।’


