काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ दलहरूसँग मुलुक हाँक्ने कुनै ठोस सिद्धान्त र सांगठनिक आधार आरोप लगाएका छन् । ।
उनले शनिबार काठमाडौंमा आयोजित दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीको चुनावी सन्देश सभालाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।
निर्वाचनको संघारमा नयाँ दलहरूप्रति देखिएको आकर्षणलाई सामान्य मौसमी प्रभावको रूपमा टिप्पणी गर्दै दाहालले भने, ‘हावाहुरी केही दिन आएजस्तो देखिए पनि त्यो सधैँ चल्दैन। अहिले त्यो हुरी थामिइसकेको छ। मानिसहरूले बुझिसकेका छन् कि देशलाई वैचारिक र सैद्धान्तिक नेतृत्व दिन सक्ने शक्ति कुन हो। आवेगको भरमा आएको लहरले मुलुकको जटिल राजनीतिलाई निकास दिन सक्दैन।’


