काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ धेरै सिट जित्ने दावी गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले बुधबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा वाम बुद्धिजीवीसहितको बैठकलाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् ।
‘हाम्रो पोलिटिकल लाइन क्लियर भएको छ। हामीले इफ, बट केही राखेका छैनौँ। सिधा राष्ट्र, लोकतन्त्र र संविधानको पक्षमा भन्ने भएकाले कन्फिडेन्स आएको छ साथीहरूलाई,’ उनले भने।
आफ्ना विरोधी समेत नेकपाले राम्रो संख्यामा सिट जित्न लागेको आकलन गरिरहेको उनले सुनाए। ‘निष्पक्ष निर्वाचन हुने हो भने हाम्रो पक्षमा राम्रो रिजल्ट निस्कन्छ। पहिलाको भन्दा राम्रो हुन्छ भनेर हाम्रा कट्टर विरोधीले पनि भन्न थालेका छन्,’ प्रचण्डले भने।


