काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आज पोखरामा आमसभा गर्दैछ।
नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नविन सिग्देलले सभालाई पार्टीका सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने
जानकारी दिए।
आमसभामा प्रदेशभित्रका १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवारसहित नेता तथा कार्यकर्ता सहभागी हुने कांग्रेसले जनाएको छ।


