काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यका स्रोत साधन निर्वाचनमा केन्द्रित गरिएको दावी गरेकी छिन् ।उनले आज राष्ट्रियसभामा सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।
‘यो निर्वाचन केवल सदनमा जनप्रतिनिधि पठाउने एउटा नियमित प्रक्रियाको अंगमात्र होइन। यो त नेपाल राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्दछ भन्ने मेरो सविनय आग्रह छ,’ उनले भनिन्। चुनावमा देखिएको राजनीतिक दल तथा विभिन्न उम्मेदवारहरूको सहभगिता तथा जनतामा देखिएको उत्साहले नेपाली जनताको लोकतन्त्रप्रतिको आस्था, विश्वास, भरोसा अनि प्रतिबद्धतालाई दर्शाइरहेको उनको भनाइ छ।
आन्दोलनका क्रममा लुटिएका हतियारहरूमध्ये अधिकांश बरामद भइसकेको र सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ।


