काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि सार्ने बताएका छन् ।
उनले आइतबार एक भिडिओ वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।
‘नेपाली कांग्रेस पार्टीका तर्फबाट यो प्रतिबद्धता हो,’ सभापति थापाले भने,‘हामीले जिम्मेवारी पाउँदा स्वास्थ्य बीमाको कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउँछौँ ।’ स्वास्थ्य बीमा सुरु गर्दा आफू स्वास्थ्य मन्त्री रहेको स्मरण गर्दै थापाले धेरै बिरामीलाई भेटेर समस्या बुझेपछि यो योजना अघि सारेको बताए । उनले भने, ‘त्यो बेला यतिधेरै मान्छेहरू मैले भेटेँ, जसले उपचार गर्दागर्दै आफ्नो धनसम्पत्ति सकिएको। बल्लबल्ल मिहिनेत गरेर गरिबीबाट बाहिर निस्किएको छ, परिवारको कुनै सदस्यलाई रोग लाग्यो, घरखेत जाने स्थिति बनेको ।’
त्यसपछि विश्व स्वास्थ्य संगठन९डब्लुएचओ०को अवधारणा बुझ्ने कोसिस गरिएको पनि उनले बताए ।


